व्याकरण

नामको परिचय : कुनै  व्यक्ति ,वस्तु ,ठाउँ ,नदी ,समूह , भाव आदि बुझाउने शब्दलाई नाम  भनिन्छ ।
नाम पाँच प्रकारका हुन्छन् ।
(१)व्यक्तिवाचक नाम : व्यक्तिवाचक नामलाई छ भागमा विभाजन, गरिएको छ।
क) व्यक्ति विशेष : राम ,सीता आदि।
ख) स्थान विशेष : पोखरा , बारा आदि।
ग)नदी विशेष : कालीगण्डकी , कोसी आदि।
घ) पर्वत विशेष : सगरमाथा , अन्नपूर्ण आदि।
ङ) वस्तु विशेष : कलम , झोला अादि।च ) चाड विशेष : दशैँ ,तिज अादि।
(२) जातिवाचक  नाम: जातिवाचक  नामलाई दुई भागमा विभाजन गरिएको छ।
क) सजिव विशेष : मानिस, चरा ,जनावर अादि ।ख) निर्जीव विशेष : नदी ,हिमाल , तलाउ अादि । (३) समूहवाचक नाम : समूह वाचक नामलाई तीन भागमा विभाजन गरिएको छ। क) मानिसलाई बुझाउने : भिड , जन्ती,मलामी,घुँइचाे।
ख) पशुपंन्छीलाई बुझाउने : बथान,चाका,गाेलाे ताँती।
ग) वस्तु बुझाउने: झुप्पाे ,चाँङ, रास।
( ४) द्रव्यवाचक नाम: द्रव्यवाचक नामलाई तीन भागमा विभाजन गरिन्छ।
क) ग्यास जनाउने : हावा, अक्सिजन ,मिथेन।
ख) तरल जनाउने: पानी ,तेल ,दूध ।
ग) ठाेस जनाउने : सुन, चाँदी।
(५) भाववाचक नाम: तीन प्रकारमा विभाजन गरिएको छ।
क) गुण जनाउने: दया, माया रिस मानवता।
ख)कामजनाउने :इमान्दारी,फटाहा,चाकरी ,नाेकरी ।अवस्था जनाउने: गरिबी , जवानी ।

Comments

Popular posts from this blog