नामको परिचय : कुनै व्यक्ति ,वस्तु ,ठाउँ ,नदी ,समूह , भाव आदि बुझाउने शब्दलाई नाम भनिन्छ । नाम पाँच प्रकारका हुन्छन् । (१)व्यक्तिवाचक नाम : व्यक्तिवाचक नामलाई छ भागमा विभाजन, गरिएको छ। क) व्यक्ति विशेष : राम ,सीता आदि। ख) स्थान विशेष : पोखरा , बारा आदि। ग)नदी विशेष : कालीगण्डकी , कोसी आदि। घ) पर्वत विशेष : सगरमाथा , अन्नपूर्ण आदि। ङ) वस्तु विशेष : कलम , झोला अादि।च ) चाड विशेष : दशैँ ,तिज अादि। (२) जातिवाचक नाम: जातिवाचक नामलाई दुई भागमा विभाजन गरिएको छ। क) सजिव विशेष : मानिस, चरा ,जनावर अादि ।ख) निर्जीव विशेष : नदी ,हिमाल , तलाउ अादि । (३) समूहवाचक नाम : समूह वाचक नामलाई तीन भागमा विभाजन गरिएको छ। क) मानिसलाई बुझाउने : भिड , जन्ती,मलामी,घुँइचाे। ख) पशुपंन्छीलाई बुझाउने : बथान,चाका,गाेलाे ताँती। ग) वस्तु बुझाउने: झुप्पाे ,चाँङ, रास। ( ४) द्रव्यवाचक नाम: द्रव्यवाचक नामलाई तीन भागमा विभाजन गरिन्छ। क) ग्यास जनाउने : हावा, अक्सिजन ,मिथेन। ख) तरल जनाउने: पानी ,तेल ,दूध । ग) ठाेस जनाउने : सुन, चाँदी। (५) भाववाचक नाम: तीन प्रकारमा विभाजन गरिएको छ। क) गुण...
Comments
Post a Comment